logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    754
    Shares
    युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउमध्ये मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

    पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमा लामा र लमजुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौँ बौद्धबाट र प्रकाशलाई काठमाडौँ बालुवाटारबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend