logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेसमा खुसी ल्याउन आवश्यक छ : महामन्त्री थापा

    कांग्रेसमा खुसी ल्याउन आवश्यक छ : महामन्त्री थापा

    923
    Shares
    कांग्रेसमा खुसी ल्याउन आवश्यक छ : महामन्त्री थापा

    नवलपरासी(बर्दघाट सुस्ता पश्चिम ) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताएका छन्।

    पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उनले नेपाली कांग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भनेका हुन ।

    उनले नेपाली कांग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र संगठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे ।

    “यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसियाली आउँदैन”, उनको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो ।

    पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उनले बताए । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

    उनले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिए । उनले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गरेका थिए । रासस

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend