logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

    करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

    611
    Shares
    करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

    काठमाडौँ । सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।

    राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए ।

    विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ ।

    “नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ । प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ । प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ । सो बारेमा छलफल भइरहेको र एकरुपता कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भने ।

    यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे बैठकमा छलफल भएको उनको भनाइ छ । ‘एक स्थानीय तहमा एक आधारभूत अस्पताल’ निर्माणको कामलाई थप गति दिने विषयमा समेत विकास समस्या समाधान समितिको बैठकमा आवश्यक छलफल भएको छ । त्यसमा देखिएको समस्या समाधान गरिनेछ ।

    विकास निर्माणका काममा भएका समस्या पहिचान गरी उपयुक्त समाधान गर्ने र तोकिएको समयमै सम्पन्न गर्न समेत स्पष्ट मार्गनिर्देशन प्राप्त भएको उनको कथन छ । प्रधानमन्त्रीको अध्यक्षमा बस्ने विकास समस्या समाधान समितिको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend