logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

    बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

    767
    Shares
    बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

    नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता संचालन गर्न लागिएको हो । बिहीबार

    गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराका साथ खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

    प्रतियोगितामा प्रथम हुने पालिकाले रु तीन लाख तीन हजार तीन सय ३३ र दोस्रो हुनेले रु दुई लाख दुई हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार तेस्रो हुने पालिकाले रु ५० हजार पाँच सय ५५ र चौथो हुनेले सान्त्वनास्वरुप रु २५ हजार पाँच सय २५ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा सहभागी हुने पालिकाले तीनजनासम्म पालिका बाहिरका खेलाडीलाई समावेश गराउन पाउने नियम आयोजकले बनाएको छ । खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि तीनजना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम

    राखिएको प्रतियोगिताको संयोजक विजय गुरुङले बताए । प्रतियोगितामा सहभागी हुन प्रदेशका एक सय १९ वटै पालिकालाई टोली दर्ताका लागि आह्वान गरिएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend