logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

    आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

    1.5K
    Shares
    आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

    काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी २० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

    लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९र३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।

    २२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।

    नेपाली टोलीले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । आयरल्यान्डका बलर फियोन ह्यान्ड र म्याथ्यू हमफ्रेयसले तीन–तीन विकेट लिए । म्याथ्यू फोष्टरले पनि दुई विकेट हात पारेका थिए । थोमस मायस र गाभिन होएले पनि एक–एक विकेट लिए ।

    आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारेका थिए । जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन टी–२० खेलको शृंखलामा १–० को अग्रता

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend