logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रास्वपाबाट प्रा. डा सुरेन्द्र केसी राष्ट्रिय सभा सदस्य बन्ने सम्भावना

    रास्वपाबाट प्रा. डा सुरेन्द्र केसी राष्ट्रिय सभा सदस्य बन्ने सम्भावना

    39.8K
    Shares
    रास्वपाबाट  प्रा. डा सुरेन्द्र केसी राष्ट्रिय सभा सदस्य बन्ने सम्भावना

    काठमाडौं – राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभामा रिक्त रहेको सिटमा विश्लेषक प्रा. डा सुरेन्द्र केसीको सम्भावना बलियो बनेको छ।

    राष्ट्रिय सभामा खाली रहेका २० सिट मध्य गत माघ ११ गतेको निर्वाचनबाट १९ जना निर्वाचित भई राष्ट्रिय सभामा सपथ खाईसकेको अवस्था छ । १९ जना निर्वाचनका माध्यमबाट आइसकेकोले अब एक जना राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ।

    राष्ट्रपतिबाट मनोनित हुने एक स्थानमा गठबन्धनबाट रास्वपाले दाबी गरीरहेको बुझिएको छ। कांग्रेस सहितको गठबन्धन हुँदा उक्त सिट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई दिने सहमति गठबन्धनका दलहरुले गरेका थिए ।

    तर उक्त गठबन्धन टुटीसकेको र नयाँ गठबन्धनमा सरकारको नेतृत्व गर्ने दल नेकपा माओवादी केन्द्रले अध्यक्ष र अर्को मुख्य दल नेकपा एमालेले उपाध्यक्ष पाउने सहमति भैसकेको अवस्थामा तेस्रो ठुलो दलका हैसियतले आफुहरुले एक सिट राष्ट्रिय सभा सदस्य पाउनु पर्ने दाबी स्वाभाविक भएको रास्वपा भनाई छ।

    राष्ट्रिय सभामा हाल रास्वपाको प्रतिनिधित्व समेत नभएको अवस्थामा प्रा. डा सुरेन्द्र केसीलाई अगाडी बढाउने आन्तरिक सहमति समेत भैसकेको रास्वपा स्रोतले बतायो।

    गत निर्वाचनमा चुनावी प्रचार प्रचारका क्रममा सो पार्टीका सभापति तथा हालका उपपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले प्राडा केसीको नामै लिएर हामी सरकारमा गए उहाँ जस्ता मान्छेलाई खोजी खोजी मौका दिईने उद्घोष गरेका थिए ।

    चुनावी मैदानमा बचन दिएको र सामाजिक संजालमा समेत प्रा डा केसीलाई खोजी खोजी ल्याउने उनको भाषणमा जनताले समेत ब्यापक समर्थन गरेका थिए। त्यतिबेला सडकमा भाषण गरेका रबि यतिबेला उनले भनेजस्तै सरकारमा आईसकेकोले त्यो बचन पुरा गर्नुपर्ने आवाज देश विदेश बाट आउन थालेकोले   रबि समेत नैतिक दबाबमा परिसकेका छन् ।

    आगामी निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ अगाडी बढेको रास्वपालाई राष्ट्रिय सभामा डा सुरेन्द्र केसी  जत्तिको बिज्ञ नियुक्त गर्दा देश बिदेशमा रहेका नेपालीले अझै सम्मान गर्ने बुझाई समेत रास्वपाको छ।

    नेपाली कम्युनिजममा बिद्यावारीधी गरेका प्रा . डा. केसीले ४० बर्ष त्रिभुवन विश्वविद्यालयमा इतिहास बिषयको प्राध्यापन गरेका थिए । नेपालको वामपन्थ लगायतका बिषयमा २५ पुस्तकका लेखक समेत रहेका उनी हाल प्रखर वक्ता एवम् खरो टिप्पणी गर्ने बिश्लेषकका रुपमा परिचित छन्।

    उनले अमेरिकन लाइब्रेरीबाट ‘पब्लिक स्पीकिङ’ मा ग्य्राजुएट समेत गरेका छन् ।

     

    भिडियो रिपोर्ट 

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend