logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • दमका कारण वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरुमा समेत क्षति पुग्ने तथ्य फेला

    दमका कारण वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरुमा समेत क्षति पुग्ने तथ्य फेला

    1.1K
    Shares
    दमका कारण वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरुमा समेत क्षति पुग्ने तथ्य फेला

    एजेन्सी । श्वासप्रश्वाससम्बन्धी समस्या आस्थमा अर्थात् दमका कारण शरीरमा आवश्यक वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरुमा समेत क्षति पुग्ने नयाँ तथ्य फेला परेको बेलायतका वैज्ञानिकहरुले बताएका छन् ।
    किंगस कलेज लन्डनका अनुसन्धानकर्ताहरुले गरेका अध्ययनअनुसार आस्थमाको असर कम गर्न प्रयोग गरिने औषधिले जोखिम व्यवस्थित गर्नुको साटो झन् असर गर्ने गरेको पाइएको बीबीसीले जनाएको छ ।

    दम भएका मानिसहरुको वायु सञ्चारका नलीहरु संवेदनशील हुने भएकाले विभिन्न प्रकारका बासनादार धुलो, उपचारका लागि अपनाइएका विशेष तरिका र व्यायामले पनि क्षति गर्नसक्ने अनुसन्धानले देखाएको खबरमा उल्लेख छ । यसका कारण खोकी लाग्ने, छाती घ्यारघ्यार हुने र सास फेर्न गाह्रो हुने भएर नलीहरु सुन्निने समस्या हुन सक्छ ।

    अहिले उपलब्ध भएका औषधिले सुन्निएको कम गर्न सक्ने र वायु सञ्चार हुने नली खुला राख्न मद्दत गर्न सक्छ । तर आस्थमाको बारम्बार आक्रमणले श्वास नलीमा स्थायी दाग बस्ने र साँघुरो हुन सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend