logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ५० करोड लगानीमा खुलेको आरजु राइस मिलले ल्यायो चामल

    ५० करोड लगानीमा खुलेको आरजु राइस मिलले ल्यायो चामल

    4.2K
    Shares
    ५० करोड लगानीमा खुलेको आरजु राइस मिलले ल्यायो चामल

    काठमाडौँ । नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री सुरु गरेको छ ।

    स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम वास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले जानकारी दिएको हो ।

    सुवासी जातको धानको प्रिमियम वास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य १ सय ७५ रुपैयाँ कायम गरिने कम्पनीले उल्लेख गरेको छ । यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ ।

    आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए ।

    “नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो । किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ”, बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने ।

    किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न वास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ ।

    मिलका बजार निर्देशक वसन्त ढुङ्गानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ वास्नादार चामल उत्पादन गरिएको बताए ।

    मोरङको डाँगीहाटमा ५० करोड रुपैयाँ भन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ ।

    किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम् समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।

    कृषिलाई उद्योगमा बदल्न बस्नेतको २० वर्षे योजना

    बस्नेत परिवारको खेती–किसानीसँगको सम्बन्ध पुस्तैनी हो । हवाई सेवा कम्पनी बुद्ध एयर चलाएर अर्बपति बनिसक्दा पनि बस्नेतले आफ्नो धरातल बिर्सिएका छैनन् ।

    पछिल्लो केही वर्षयता धानखेतीबाट किसानहरू पलायन भइरहेको र पुराना चामल मिलहरू पनि बन्द हुँदै गइरहेका छन् । तर, चामल उद्योगको व्यावसायिक उडानले उचाइ पाउनेमा उनी विश्वस्त छन् ।

    कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन्।

    नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्‍याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनी कृषि क्षेत्रमा होमिएका हुन्। उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन्।

    तीन दशकअघिसम्म पनि चामल निर्यात गर्ने नेपालमा अहिले वार्षिक ५० अर्ब रुपैयाँ भन्दा बढीको धान–चामल आयात हुन्छ । चामलको कहालीलाग्दो आयात प्रतिस्थापन गर्नकै लागि धानखेती प्रवर्द्धनमा जुटेको उनी बताउँछन् ।

    एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन्।

    जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ। गत आर्थिक वर्षमा मात्रै नेपालले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ।

    यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलाइन्स व्यवसायमा सफल बस्नेत कृषिकर्ममा लागेका छन्।

    कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन्।

    नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्‍याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनी कृषि क्षेत्रमा होमिएका हुन्। उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend