२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ । मानव तस्करीको आरोपमा विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका उनीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको आरोप छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनीसँगै अन्य ३ जना व्यक्ति जापान गएका थिए । तर जापानको अध्यागमनले उनीहरुलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

यो पनि  : 

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी सङ्गठित सदस्यबाट निलम्बित

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट