२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

'मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु' : पूर्वमन्त्री अधिकारी

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

प्रहरीले पक्राउ गर्नुअघि उनले मानव तस्करको गिरोहबाट आफैं ठगिन पुगेको बताएका छन् ।

‘यो अपराधबारे सूचना मैले नै दिएको हो । मैले सबै सूचना दिन्छु भनेकै छु । म थप अनुसन्धानमा सघाउन काठमाडौं जाँदैछु । विवाद उठ्नेबित्तिकै मैले राजकीय जिम्मेवारी (प्रदेश मन्त्री) छाडेँ’, उनले भने, ‘मन्त्री छाडेपछि पनि पार्टी (एमाले) माथि सञ्चारमाध्यले प्रश्न गर्न थाले । त्यहीकारण मैले अनुसन्धान नसकियुन्जेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइदिन निवेदन दिएँ ।’

अधिकारीले यो अनुसन्धानलाई सघाउने गरी आफूले नै सूचना दिएको बताएका छन् । उनले भने 'अब म सम्पूर्ण सवुत प्रमाणसहित सघाउन काठमाडौं जाँदैछु ।’

यो पनि : 

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट