आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतकाे अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतकाे अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।

कास्की जिल्ला आदालतबाट रवि लामिछानेमाथि यो चौथो पटक म्याद थप भएको हो ।

रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । अदालतले उनी माथि पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गर्यो ।

पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यो पनि  : 

रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति 

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend