logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • श्री एयरको उडान रद्ध भएपछि विराटनगर विमानस्थलमा लफडा, यात्रु आक्रोशित

    श्री एयरको उडान रद्ध भएपछि विराटनगर विमानस्थलमा लफडा, यात्रु आक्रोशित

    602
    Shares
    श्री एयरको उडान रद्ध भएपछि विराटनगर विमानस्थलमा लफडा, यात्रु आक्रोशित

    विराटनगर । श्री एयरलाइन्सको उडान रद्ध भएपछि विराटनगर विमानस्थलमा अहिले लफडा भइरहेको छ । विराटनगर–काठमाडौंको साँझ ७ बजेको उडान रद्ध भएको हो । उडान रद्ध भएपछि यात्रु आक्रोशित बनेका छन् । प्रहरीका अनुसार विराटनगर विमानस्थल हुँदै काठमाडौं जान ८० जना यात्रुले टिकट काटेका थिए । यात्रुहरुलाई उडान रद्ध भएको जानकारी करिब ८ः३० बजेतिर मात्रै दिइएको थियो ।

    काठमाडौं जान साँझ ६ बजेदेखि नै यात्रुहरु विमानस्थल पुग्न थालेका थिए । अचानक उडान रद्ध भएको जानकारी पाएपछि आफूहरु अलपत्र परेको भन्दै यात्रु आक्रोशित भएको प्रहरीले जनाएको छ ।

    अहिले राति १० बजेपछि काठमाडौंमा विमानस्थल बन्द हुन्छ । जहाज आएर काठमाडौं फर्कन नभ्याउने भएपछि उडान रद्ध गर्नुपर्ने अवस्था आएको जानकारी एयरलाइन्सले यात्रुहरुलाई दिएको छ ।

    साँझको उडान रद्ध भएको र भोलिपल्ट बिहान १० बजे काठमाडौं लैजाने जानकारी यात्रुहरुलाई दिइएको थियो । त्यसपछि आक्रोशित बनेका यात्रुहरुले होहल्ला गरिरहेका छन् ।

    उनीहरुले रातको समयमा एयरलाइन्सले अलपत्र पारेको भन्दै आक्रोस पोखिरहेका हुन् । भीडले विमानस्थलभित्र एयरलाइन्सको काउन्टर अगाडि होहल्ला गरिरहेको प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले उडान रद्ध भएको विषयलाई लिएर यात्रुहरुले विवाद गरिरहेको बताए । आक्रोसित बनेका यात्रुहरुलाई सम्झाइबुझाइ गर्ने काम भइरहेको उनको भनाइ छ ।

    कुनै अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको चिमरियाले बताए । ‘त्यति ठूलो लफडा हैन । सामान्य वादविवाद भइरहेको छ । एयरलाइन्सका कर्मचारीमा जवाफदेहिता नदेखिएको गुनासो यात्रुहरुले गरिरहेका छन् । भिडलाई शान्त पार्ने प्रयास भइरहेको छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend