२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

अर्ब लगानी थपेर सौराहाको होटल जंगल क्राउन चारतारे बन्ने, भवनको भयो शिलान्यास

सोमवार , मंसिर ३, २०८१

सौराहा । चितवनको पर्यटकीय रत्ननगर वडा नं ८ सौराहाको बाघमारास्थित चर्चित होटल जंगल क्राउन प्रालि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो ।

व्यवसायी डा.तिलचन्द्र भट्टराईको अगुवाईमा होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्वपर्यटन मन्त्री प्रेम आलेले शिलान्यास गरेका छन् । ४३ कोठामा चलि रहेको होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटल जंगल क्राउन होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले जानकारी दिए ।

होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरि सरकारले तोकेको मापदण्ड पूरा गर्दै ‘४ तारे’ स्तरमा स्तरबृद्धि गर्न लागेको होटलका अध्यक्ष भट्टराईले जानकारी दिए ।

भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होटलका सञ्चालक गिरीले जानकारी दिए ।

‘निर्माण सुरु भएको २ वर्षभित्र नयाँ कोठाहरु सञ्चालन आउनेछ’, सञ्चालक गिरीले भने, अनि ‘४ तारे’ होटलको रुपमा जंगल क्राउन सञ्चालनमा आउनेछ ।’ दुई विघा बढी क्षेत्रफलमा स्तर वृद्धि हुन लागेको होटल जंगल क्राउनको हालसम्म गरि झन्डै १ अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

आगमी दुई वर्षभित्र सबै सडक संरचना निर्माण भईसक्दा होटल जंगल क्राउन पनि सञ्चालन भई यस क्षेत्रमा पर्यटकको ओईरो लाग्ने हुदा होटलमार्फत विदेशी मुद्रा सहजै आर्जन गर्न सकिने होटलको शिलान्यास गर्दै पर्यटनमन्त्री आलेले बताए । उनले भने, ‘विदेशमा गएर पसिना बगाउने नभई अव स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । ’

यस होटलमा अब स्तर वृद्धिसगैँ जम्मा ८३ वटा रुम हुनेछ । भने १ सय ६५ वटा बेडसंख्या रहनेछन् । होटलमा प्रेसीडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेष्टुरेन्ट रहनेछन् ।

विदेशी एवं स्वदेशी पर्यटकको मुख्य रोजाइ नयाँ बनेका होटलमा आर्कषित भएपछि यहाँ होटललाई तारे स्तरमा वृद्धि गरिएको होटल जंगल क्राउनले जनाएको छ । सौराहा क्षेत्रका होटलमा ३ हजार वेड छन् ।

पछिल्लो समय ठूलो लगानी गरेर होटल खोल्ने क्रम बढेको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया बताउँछन् । “अहिले एउटै होटलमा २० करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ, उनले भने, अर्ब बढी लगानी गरेका व्यवसायी रामेश्वर शाहको चितवनको ५ तारे रोयल टुलिप रिर्साट आगामी जनावरी देखि सञ्चालन हुनेछ ।”

पछिल्ला तीन वर्षमा सौराहामा नयाँ होटल खोल्न ३ अर्ब रुपैयाँ बढी लगानी भएको क्षेत्रिय होटल संघ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासगैँ गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो पर्यटकीय गन्तव्य हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट