logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • शिखर इन्स्योरेन्सको दुई दशक : निर्जीबन बिमा बजारमा सधै पहिलो

    शिखर इन्स्योरेन्सको दुई दशक : निर्जीबन बिमा बजारमा सधै पहिलो

    308
    Shares
    शिखर इन्स्योरेन्सको दुई दशक : निर्जीबन बिमा बजारमा सधै पहिलो

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औं वर्ष पुरा गरेको छ । दुई दशकको अवधिमा शिखर इन्स्योरेन्स बिमा शुल्क आर्जन, दाबी भुक्तानी, शाखा सञ्जाल विस्तार र सेयरधनीलाई लाभांश दिने हिसावमा पहिलो नम्बरमा रहन सफल भएको छ ।

    यसबीचमा बिजनेस बढेर शिखरको वार्षिक बिमा शुल्क आम्दानी साढे ५ अर्ब रुपैयाँ पुगेको छ । शिखरको निर्जीबन बिमा बजार हिस्सा बढेर १४ प्रतिशत पुगेको छ भने २० अर्ब रुपैयाँ भन्दा बढी दाबी रकम भुक्तानी गरेको जनाएको छ ।

    १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी गरेको छ । कम्पनीले सेयरधनीहरुलाई २ सय ९५ प्रतिशतको लाभांश दिइसकेको छ भने मर्जर विनै नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन शिखर सफल भएको छ ।
    २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बिमा कम्पनी शिखर भएको छ ।

    कम्पनीको मुलुक भर १ सय भन्दा बढी शाखा सञ्जाल रहेका छन् । ६ सय भन्दा बढी मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी शिखर भएको छ ।

    ६ पटक बेस्ट म्यानेज्ड इन्स्योरेन्स अवार्ड

    ६ पटक नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ । यसबीचमा संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित भएको शिखरले जनाएको छ । बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।

    यसैगरी कृषि तथा बाली बिमाको दाबी भुक्तानीका लागि सरकारबाट उत्कृष्ट बिमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ ।

    २० औं वार्षिकोत्सव समारोहमा कम्पनीमा २० वर्ष भन्दा बढी समय कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना ३४ जना कर्मचारीहरुलाई १ सय ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको थियो ।

    कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend