२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

शहर बसेर इन्जिनियरिङ पढे, गाउँ फर्किएर ब्लक उद्योगमा स्थापित

मंगलवार , मंसिर ४, २०८१

कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन् । आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित भएका छन् ।

उनले २०६८ सालबाट टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन् । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबका बीच सफल व्यवसायी बनेका थापा आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताउँछन् ।

काठमाडौँ पढ्दै गर्दा बुबासँग विवाद भयो । उनलाई ५० हजार रुपैयाँसम्म कमाउने जागिर खान सुझाव दिए । उनी भन्छन् “त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । म बुबाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागेँ ।”

हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता मिल्दै गयो । त्यसले परिवारमा पनि एकताको वातावरण सृजना भयो । उनले बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लगे ।

एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौँ । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए । उनी भन्छन्, “सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी मैले बचत गर्थे”, निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना सङ्क्रमणको समयमा सुस्त भए पनि विस्तारै उद्योगले पुरानै लय समात्न लागेको थापाले बताए ।

विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुनेमा थापा विश्वस्त छन् । विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा व्यवसायले झन् खुसी थप्ने थापाले बताए ।

उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता थापामा थियो । उता राजनीतिक कुल घरानामा जन्मिएका उनलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खानसक्ने स्थिति थियो ।

किनभने बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसकेका थिए । नेकपा (एमाले) को कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष छन् । थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारीसमेत पूरा गरिसकेकी छन् ।

“म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ । त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ”, थापाले भने, “उहाँहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो । आफ्नो व्यवसायबाट अन्य आठ–दश जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफूलाई गर्व लाग्ने थापाको भनाइ छ ।

सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरुको सिको गरेर अगाडि बढ्न नहुने धारणा व्यक्त गर्छन् । “मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनुपर्दैन । मैले निःस्वार्थ गरेको सेवा उसैले थाहा पाए पुग्छ”, उनले भने, “यहाँ गलत राजनीतिक संस्कार भएर पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन । तर कुनै दलको सिद्धान्तभन्दा बाहिर रहेर निःस्वार्थ समाजसेवामा लाग्ने रहर भने छ ।” उनीबाटै सिकेर कैयौँले ब्लक उद्योगसमेत सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट