२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब, १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म विदेशी मुद्रा सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।

गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बढेर असोज मसान्तमा २२ खर्ब ३२ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।

२०८१ असोज मसान्तसम्मको् कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट