२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

भन्सारदर १० प्रतिशत बनाएपछि सोमबार सुनको भाउ तोलामा १५ हजार ९ सय घट्यो

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मुल्य ह्वात्तै घेटेको छ । आइतबार सरकारले भन्सादर १० प्रतिशत घटाएसँगै त्यसको प्रभाव सुनमा परेका हो ।

सुनको मूल्य आज तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

महासंघले सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरेको जनाएको छ । सरकारले सुनको भन्सारदर आइतबार २० बाट १० प्रतिशतमा झारेको हो जसको प्रभाव सुन बजारमा सोमबार नै परेको हो ।

सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो । भन्सारदर बढी भएपछि चोरी पैठारी हुन थालेपछि सरकारले वाध्य भएर सुनको भाउ घटाएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट