मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

चीन भ्रमणबारे छलफलमा ओलीले भने : चीनसँग ऋणसँग सम्बन्धित कुनै सम्झौता गर्दिनँ

चीन भ्रमणबारे छलफलमा ओलीले भने : चीनसँग ऋणसँग सम्बन्धित कुनै सम्झौता गर्दिनँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग वीआरआईलाई लक्षित गर्दै ऋणसँग सम्बन्धित कुनै योजनामा सम्झौता नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको एकीकृत समाजनवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

त्यस्तै उनले नेपालको प्रधानमन्त्रीले कुनै एउटा देश विशेषबाट भ्रमण सुरु गर्नुपर्छ भनेर भएको चर्चा सदाका लागि बन्द गर्नुपर्ने सुझाव दिएको पनि बताए ।

त्यस्तै उनले संसारमा दोस्रो शक्तिशाली राष्ट्रका रूपमा उदाएको चीनबाट नेपालले लाभ प्राप्त गर्ने भिजनका साथ अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई भ्रमणका पनि यो विषय दिमागमा राख्न सुझाव दिएको बताए ।

यो विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्रीलाई देशको हितमा भएको भन्दै नेपालले लाभ लिनुपर्ने बताएका थिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यक्ता छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend