logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बीआरआई अन्तर्गत ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक छ : झलनाथ खनाल

    बीआरआई अन्तर्गत ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक छ : झलनाथ खनाल

    252
    Shares
    बीआरआई अन्तर्गत ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक छ : झलनाथ खनाल

    काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

    सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

    सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए ।

    उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे ।

    सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

    बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहोर्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend