२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायो : सिबिफिन

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट लगानीकर्तामाझ पुँजी परिचालनका लागि ठूलो अवसर देखाएको जनाएको छ ।

सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै क्रेडिट रेटिङबाट नेपालमा लगानीको वातावरण राम्रो रहेको मात्र नभइ सुरक्षित प्रतिफलको प्रत्याभूतिसमेत गराएको जनाएको छ ।

“दक्षिण एशियाका अन्य मुलुकमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणितसमेत गरेको छ”, सिबिफिनको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो स्थितिमा रहेका, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा कर्जा लगानी विस्तार हुन नसकि आर्थिक गतिविधिले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको लागि ठूलो अवसर सिर्जना गरेको सिबिफिनको बुझाइ छ ।

बैंक तथा वित्तीय संस्थालाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनःबीमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन तथा ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि क्रेडिट रेटिङको नतिजाले महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भइरहेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन सिबिफिनले माग गरेको छ ।

त्यस्तै, निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो तथा फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको पहल थाल्न पनि सरकारलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’द्वारा हालै गरिएको सार्वभौम साख मूल्याङ्कनमा नेपालले ‘डबलबी माइनस’ (बीबी–) रेटिङ पाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट