२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुन मंगलबार तोलामा २६ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २६ सय रुपैयाँले घटेको छ ।

हिजो सोमबार १५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि ओरालो लागेको हो । सरकारले सुनमा लाग्दै आएको भन्सारदरमा १० प्रतिशत घटाएपछि हिजो सुन प्रतितोला एकैदिन झण्डै १६ हजार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँ घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको थियो। यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य घटेको हो।

आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट