२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जनकपुरविरुद्ध मार्टिनको अर्धशतक

शनिवार , मंसिर १५, २०८१

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओनपिङ ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि गप्टिलले अर्धशतक प्रहार गरेका हुन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङ गरेको हो ।

न्युजिल्यान्डका गप्टिलले ५५ रन जोडे। उनी ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेर आउट भए।

विराटनगरले ६ विकेट गुमाइसकेको छ। १६.१ ओभरमा १०३ रन बनाउँदै ६ विकेट गुमाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट