काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको हो ।
विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । उनी ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेर आउट भए। अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुई/दुई मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस