२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निगमको वाइडबडी जहाज खरिद प्रकरण : घुस लेनदेनमा दीपक शर्मा दोषी ठहर

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा दीपक शर्मा दोषी ठहर भएका छन् ।

उनी नेपाली मूलका बेलायती व्यवसायी हुन् । शर्माले अमेरिकी ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्धका प्रावधान उल्लंघन गरेको ठहर भएको हो ।

निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । त्यसका लागि २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

एफसीपीए वेबसाइटमा प्रकाशित जानकारी अनुसार, शर्माले निगमका दुईवटा 'ए३३०–२००ु'वाइडबडी विमान खरिदबिक्रीमा बिचौलियाको भूमिका निर्वाह गरेका थिए । शर्माले निगमलाई विमान बेच्न ठेक्का दिलाउन नेपाली अधिकारीलाई घुस दिएका थिए ।

सन् २०१८ को मे र अगस्टबीच बिचौलियामार्फत करिब २.५ मिलियन डलर भुक्तान गरिएको थियो, जसको एक हिस्सा सम्झौतामा संलग्न नेपाली अधिकारीहरूका लागि थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट