२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

धवनको अर्धशतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले जितका लागि १५० रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।

कर्णालीका लागि शिखर धवनले आक्रामक ब्याटिङ गर्दै ७२ रनको अर्धशतकीय इनिङ खेले ।

अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे। सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए।

अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए।

कर्णालीका लागि जीशन मक्सुदले ११ बलमा १४ रन जोडे।

मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।

चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट