२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लुम्बिनी लायन्सले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगर किंग्सलाई दियो १९२ रनको लक्ष्य

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दास्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो । कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए । १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए ।

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए । अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे ।

त्यस्तै, विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए । प्रतिस जिसीले ३ ओभरमा १६ रन मात्रै खर्चिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट