२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लगातार दुई हारपछि दबाबभन्दा जिम्मेवारी बढेको छ : सोमपाल कामी

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले लगातार दुई हारपछि दबाबभन्दा पनि कमब्याक गर्नका लागि जिम्मेवारी बढेको बताएका छन् ।

काठमाडौं गुर्खाजसँगको हारपछि सोमपालले अब कसरी कम ब्याक गर्ने र म्याच जित्ने भन्ने जिम्मेवारी बढेको उल्लेख गरेका हुन् । उनले टर्निङ पोइन्ट नै डेथ ओभरमा राम्रो गर्न नसक्नु र २० रन जति कम भएको उल्लेख गरे ।

१५० रन जतिको लक्ष्य सहज देखिएको पनि उनको भनाइ छ । उनले बलिङ र फिल्डिङमा सुधार गर्न सक्यो भने खेल जित्ने विश्वास व्यक्त गरे । सोमपालले आफ्ना खेलाडीलाई नकराउन शिखर धवनबाट सुझाव आउने गरेको पनि उल्लेख गरे ।

अघिल्लो दिन शिखरले अन्तिमसम्म ब्याटिङ गर्छु भन्ने भनेको र सोहीअनुरूप पनि खेलेको सोमपालको भनाइ छ । उनले अन्य क्रिकेटरलाई शिखरले सोहीअनुरूप खेल्न सिकाउने गरेको बताए ।

काठमाडौंका कप्तान करणले बलिङमा शुरुवात राम्रो भएपनि बीचमा केही कमजोरी भएको बताए । ब्याटिङमा पनि सुमित महर्जनमाथि आफूलाई विश्वास रहेको र सोहीअनुरूप उनले राम्रो खेलेको उनको भनाइ छ ।

उनले चौकाभन्दा पनि छक्का हान्न नै आफू अग्रसर हुने भएकाले अन्तिम आउट हुन पुगेको उल्लेख गरे । कप्तान करणले आफ्नो टोलीमा बलिङ र ब्याटिङ दुवैमा राम्रो खेलाडी रहेको बताए । उनले ट्रफी जित्ने लक्ष्यसहित आफ्नो टोलीले खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट