२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वाइड-बडी जहाज खरिदमा अध्यक्ष र महाप्रबन्धकसहित ४ जना दोषी ठहर

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइड बडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ ।

अदालतले निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, अध्यक्ष शंकर अधिकारी, भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना र सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो। अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितका आरोपितलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो ।

निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको अदालतले ठहर छ । उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

तत्कालीन महाप्रबन्धक कंसाकारलाई २ वर्ष ९ महिना कैद सजाय, तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव अधिकारीलाई १ वर्ष ९ महिना कैद सजाय र ढुंगाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद फैसला गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० चैत २२ गते विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यस्ताे छ फैसला

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट