सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सीआईबीले लियो दुर्गा प्रसाईंसँग बयान, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो

सीआईबीले लियो दुर्गा प्रसाईंसँग बयान, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ । सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो ।

व्यवसायी प्रसाईंसँग सीआईबीले बयान लिएको छ । सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो ।

प्रसाईंले विभिन्न ठाउँमा धम्क्याउनका लागि रुपैयाँ दिएको समेत खुलेको छ । बयानका क्रममा दुर्गाले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ लाख दिएको स्वीकार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि प्रसाईंलाई सीआईबीले ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend