मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

साइबर अपराध कसुरमा शोभा पाठक प्रहरी नियन्त्रणमा

साइबर अपराध कसुरमा शोभा पाठक प्रहरी नियन्त्रणमा

काठमाडौं । साइबर अपराध कसुरमा धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्रिपाठीले उनीविरुद्ध मंसिर २८ मै जाहेरी दिएकोमा हाल आएर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै पाठक आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend