२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

सोमवार , पौष १, २०८१

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत पाटनले आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए । न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो ।

दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।

झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालत काठमाडौंले दुवैलाई २०८१ भदौ २ गते थुनामा राख्न आदेश दिएको थियो ।  गत असार १४ गते झा र थापा पक्राउ परेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट