२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलवार , पौष २, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न थप ४ दिनको म्याद थप भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो ।

सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट