२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एकजना पक्राउ

मंगलवार , पौष २, २०८१

काठमाडौं । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएको हो ।

प्रहरीकाअनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बराम गरेको छ ।

मृतक रामपरीदेवी ठाकुर र प्रतिवादी सगम लाल पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, निज रामपरीदेवी ठाकुर घटनास्थलतर्फ गएको र पछि प्रतिवादी सगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएको छ ।

प्रतिवादी सगमलाल पासमान सुत्ने कोठामा सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा निजले नै प्रयोग गर्ने गरेको रगत लागेको निलो रङको फुल पाईन्ट थान–१, रगत लागेको हरियो रङको भेष्ट थान–१, रगत लागेको पहेलो रङको ज्याकेट थान–१ समेत बरामद भएको, निजको हातमा र कानमा काटिएको घाउ रहेको समेतका अधारबाट निज सगमलाल पासवानले नै रामपरीदेवी ठाकुरलाई कर्तव्य गरी मारेको पुष्टि हुने देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो घटनामा अन्य व्यक्तीको संलग्नता रहे/नरहेको सम्बन्धमा समेत विभिन्न आयामबाट अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । बरामद दसीहरु परीक्षणको लागि पठाइएको, शव परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका ५ मुडिबा टोलकी अन्दाजी ४० वर्षकी ठाकुर मंसिर १८ गते हराएकी थिइन् । घाँस काट्न भन्दै हिँडेकी उनी नफर्किएपछि परिवारले १९ गते १० बजे प्रहरीलाई खबर गरेको थियो । खोजतलासीका क्रममा प्रहरीले १९ गते दिउँसो १२ः४० बजे धनुषाको शहीदनगर नगरपालिका ७ स्थित शिवनारायण मण्डलको धान खेतमा घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो ।

शव फेला परेको ठाउँबाट २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउकोको भाग फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट