२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सहकारी ठगी प्रकरणमा ऋषिकेश पोखरेलकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

मंगलवार , पौष २, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पोखरेल पत्नी कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट