२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

हिरासत भित्रको भाइरल फोटो रविको हो, के भन्छ कास्की प्रहरी ?

बिहिवार , पौष ४, २०८१

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् भने कतिपयले हैन भनि रहेका छन् ।

विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । याे फाेटाे हिरासतमा रहेका रविकाे हाे हैन प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले तस्बिर सार्वजनिबारे अनुसन्धान भइरहेको बताए । फेक एआइले बनाएको तस्बिर हो या हिरासतकै तस्बिर हो भन्नेबारेमा उनले खुलाउन चाहेनन् ।

एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट देखिन्छ । रवि निकटका रास्वपाका सहकोषाध्यक्षसमेत रहेका दीपक बोहोराले तस्बिर सार्वजनिक गर्दै रविकै भएको दाबी गरेका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उदेश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट