logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • साढे ३ अर्बमा पाँचतारे सेन्चुरियन होटल बनाउँदै मोती दुगड, चल्न एक वर्ष लाग्ने

    साढे ३ अर्बमा पाँचतारे सेन्चुरियन होटल बनाउँदै मोती दुगड, चल्न एक वर्ष लाग्ने

    1.5K
    Shares
    साढे ३ अर्बमा पाँचतारे सेन्चुरियन होटल बनाउँदै मोती दुगड, चल्न एक वर्ष लाग्ने

    विराटनगर । उद्योगपति एवम् पूर्व सासंद मोती दुगडको निर्माणाधिन अवस्थामा रहेको पाँचतारे सेन्चुरियन होटल पूर्ण रुपमा सञ्चालनमा आउन एक वर्ष लाग्ने जनाईएको छ । सेन्चुरियन मल भने सञ्चालनमा आईसकेको उद्यमी दुगडले जानकारी दिए ।

    पाँचतारे होटलसहितको सपिङ मल निर्माणमा ३ सय ४० करोड रुपैयाँ खर्च हुने दुगडले बताए । ‘केन्द्रीकृत बजार, पाँचतारे होटल र विविध मनोरञ्जनको स्थल एउटै छानामुनि हुनेछन्’, उद्यमी दुगडले भने, ‘११ तलाको भवन हुनेछ ।’

    सेन्चुरियन मलमा पिज्जाहर्ट, आईसक्रिम पार्लर, केएफसी केहि महिना अगाडिदेखि नै सञ्चालनमा छ । मल रेन्टआउट भईसकेको उनले जानकारी दिए । डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा आउने तयारी रहेको पनि दुगडले जानकारी दिए ।

    बीचमा काम सुस्त गतिमा भएका कारण निर्माणमा ढिलाई भएको बताउँदै उनले अहिले तीब्र गतिमा काम भईरहेको बताए । अबको एक बर्षमा मल तथा होटल दुवै पूर्ण रुपमा सञ्चालनमा आउने उनको भनाई छ ।

    उनका अनुसार बेसमेन्ट २० हजार वर्ग फिटको हुनेछ । विराटनगरको धरान रोडमा २६ कठ्ठा जग्गामा होटल र मल निर्माणाधिन छ । अन्डर ग्राउन्ड पार्किङ सहितको होटल र मलमा सिनेमा हल, फुड कोर्ट, बालबालिकाकालागि मनोरञ्जनका साधनसहितको हल, स्विमिङ पुल, वाटर पार्क र दुईदेखि तीन हजार जनासम्म अटाउने ब्याङ्केट हलसमेत हुनेछन् । दुगडले विराटनगरमा होटल र मलको सम्भावना देखेर लगानी गरेको बताए ।

    दुगडका अनुसार यसमा क्यासिनो, स्वीमिङ पुल, सपिङ मल, सिनेमा हल, वाटरपार्क, साँझको बजार आदि हुनेछ । यहाँ भएका जति सुविधा अरु ठाउँमा छैन । विराटनगरको धरान रोडको भाटभटेनी सुपर मार्केट नजिकै निर्माण भएको उक्त होटलमा १२५ कोठाको होटल रहेको उनको जानकारी दिए । सबै हिसाबको सुविधासम्पन्न होटल रहेको छ ।

    यसमा १ सय पसल, मिटिङ हल, नेपालको सबैभन्दा ठूलो १० हजार फिट स्क्वायरको बैङकेट हल २ वटा रहेको उनको भनाइ छ । कुनै पनि खेलकुद प्रतियोगिता वा केही कार्यक्रमका लागि ठूलो ग्राउन्ड छ । बच्चाहरूको खेल्ने पार्क, हेल्थ क्लबहरू पनि यसभित्र रहेको जनाइएको छ ।

    नेचोप्याथिक तथा प्राकृतिक उपचार केन्द्र पनि रहेनछ । साँझदेखि मात्र खुल्ने बजार यसमा रहनेछ । जुन बजार साँझ ६ बजेदेखि मात्र खुल्नेछ । उक्त बजारमा बच्चादेखि सबै उमेर समूहलाई हुने खालका नेपालका टिपिकल आइटम रहने उनले जानकारी दिए ।

    लत्ताकपडा, इलेक्टोनिक, जुत्ता चप्पल, कस्मेटिक, गिफ्ट आइटमदेखि किचनका सबै खाले चिज यसभित्र पाइनेछ । एउटा मलमा हुने हरेक चिज रहेनछ भने अन्य महलमा नभएका सामानहरू यस भित्र पाइनेछ ।

    साँझमा खुल्ने बजारमा चाहि नेपाली वस्तुहरू मात्र बिक्री हुनेछ । नेपालमा पाइने हस्तकला सामान, नयाँ–नयाँ पस्मिनाका सामान, अल्लोबाट बनेका कपडाहरू, टोपी, टिपिकल नेपाली वस्तु मात्र रहने सञ्चालक दुगडले बताए ।

    नेपालमा नेपाली वस्तुको सही तरिकाले बिक्री वितरण भइरहेको अवस्था नरहेकाले नेपाली वस्तु चिनाउने उद्देश्यले यो कन्सेप्ट ल्याएको उनले बताए ।

    यहाँ भारतलगायतका देशबाट धेरै मानिसहरू आउने भएकाले नेपाली सामान चिनाउने अवसर यस होटल एण्ड मलको साँझको बजारबाट हुने जनाइएको छ ।

    नेपालमा उत्पादित जुत्ताचप्पल, अचार, मह, नेपाली कागजबाट बनेका सामानहरू, हाते कार्पेटदेखि जति नेपालमा उत्पादन हुन्छ, ती सबै कुरा एकै ठाउँमा भएपछि नेपालको चिनो लैजानेलाई सजिलो हुने र नेपाली उत्पादनको प्रचार पनि हुने उनको भनाइ छ । यसकारण नेपालमा उत्पादित सबै बस्तु यसभित्र पाइनेछ । जसको नाम नेपाली गृह हुनेछ ।


    नेपालमा उत्पादित हस्तकलाका सामग्री तथा सबै चिजहरूले बजार पाउने भएपछि उत्पादन पनि बढ्ने अनुमान दुगडको छ । नेपाली सामान विदेशमा निर्यात भए पनि धेरै अवरोधहरू सिर्जना हुने गरेकाले नेपाली गृहको स्थापनासँगै यो समस्या कम हुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend