२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सुनको मूल्य ओरालो यात्रामा, आज कति पुग्यो ?

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । लगातार तीन दिनदेखि सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

यसअघि बुधबार तोलामा ७ सय रूपैयाँ र बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो ।

आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट