२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

शुक्रवार , पौष ५, २०८१

पाेखरा । सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध अभियोग दर्ता गरेको हो ।

अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको हो ।

थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो । तर शुक्रबार दायर गरिएको अभियोग पत्रमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको हो ।

थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबि), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।

यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।

उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूलाई सहकारी ऐन अनुसार बिगो भराउन र बिगो बराबरको जरिवाना गराउन माग गरिएको छ । सोही ऐन अनुसार कैद सजायको पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट