मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको रविको बयान

सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको रविको बयान

काठमाडौं । कास्की जिल्ला प्रहरी कार्यालयले तयार पारेको पूरक प्रतिवेदन ४२७ पृष्ठ लामो छ । यसमा करिब ६ पृष्ठजति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान समेटिएको छ ।

लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको बताएका छन् ।

सभापति लामिछानेले गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)ले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भने ।

रविले आफूमाथि लागेको आरोपको इन्कार गर्दै बयान दिएका छन् । उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बयानका क्रममा भनेका छन् ।

उनले प्रस्तुत चेकहरू आफुले विश्वास गरेर हस्ताक्षर गरेर छोडेको खाली चेकहरू भएको र सो चेकहरू दुरुपयोग भएको बताएका छन् ।

उनले लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम आफ्नो जानकारीबिना पहिला आफूलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराईएको हुनसक्ने बताएका छन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend