काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि लामिछानेसहित १८ जनालाई संगठित अपराधको कसुरमा अभियुक्त बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।
कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनीहरूलाई संगठित अपराधमा सजाय गरी जरिवाना समेतको माग गरिएको छ ।
बयामा लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन् ।
अभियोगपत्रमा केछ ?
यो पनि :
सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको रविको बयान