२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

आइतवार , पौष ७, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत भित्रको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। कास्की प्रहरीको हिरासतमा सुतिरहेका सभापति लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने भुसाल पक्राउ परेका हुन्।

भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

थप अनुसन्धानका लागि भुसाललाई पोखरा पठाउने प्रहरीको तयारी छ।

यसअघि भुसालले फेसबुक लाईभमार्फत लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए। उनले रविलाई भेट्न जाँदा बाहिर निस्कने क्रममा रविको फोटो आफूले खिचेको बताएका छन्।

भुसालले रविलाई भेटेर फर्किदा सिसिटिभीमा रविलाई सुतेको अवस्थामा देखेपछि जनतालाई पनि उनको अवस्थाबारेमा जानकारी दिउँ भनेर फोटो खिचेको फेसबुक लाइभमार्फत जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट