बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरि सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरि सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

पुष २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारिहरु र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो ।

तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? यसका प्रकृयाहरु केके हुन ? रिपोर्टिङ कसरी गर्ने ? आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।

गत साल झै यस (२०८१) सालमा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो । यस भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्मचारी र अभिकर्ताहरुका लागि इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागि कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यो तालिम सम्पन्न गरिएको थियो ।

बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम नेपालभरि सम्पन्न गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend