शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

थप ४३० जनामा कोरोना , ५ को  मृत्यु 

थप ४३० जनामा कोरोना , ५ को  मृत्यु 

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend