२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक आदेश आउने सम्भावना

बिहिवार , पौष २५, २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।

सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजै न्यायाधीश नीतिज राईले थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।

बुधबार प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।

बुधबारबाटै पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएको हो ।

अब न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्ने छ ।

सभापति लामिछानेले बिहीबार जिल्ला अदालत कास्की इजलासमा न्यायाधीश राईसँग आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । लामिछानेले सहकारी पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने पनि बताएका छन् ।

लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट