
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस भइरहेको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार बिहान ११ बजेदेखि सभापति लामिछानेको थुनछेक बहस जारी छ ।
काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।
रविमाथि सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलले तर्क गरेका छन् ।
सरकारी वकिलको तर्फबाट बहस सकिएपछि अब पीडितका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् । यसपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend