२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

थुनछेक बहस : रविलाई थुनामै राख्नुपर्ने सरकारी वकिलको जिकिर

सोमवार , पौष २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस भइरहेको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार बिहान ११ बजेदेखि सभापति लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

रविमाथि सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलले तर्क गरेका छन् ।

सरकारी वकिलको तर्फबाट बहस सकिएपछि अब पीडितका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् । यसपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट