सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने

६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । उनी बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

आज न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनलाई जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो पनि :

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend