२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सरकारी प्रणालीमा जोखिम बढ्न थालेपछि 'साइबर सुरक्षा एड्भाइजरी', के-के भनिएको छ ?

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ।

सरकारी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने क्रम बढ्दै गएपछि केन्द्रले सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताहरुलाई साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीन तीन महिनामा पासवर्ड परिवर्तन गर्न भनिएको छ ।

सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग नगर्न पनि भनिएको छ । केन्द्रले पासवर्ड व्यवस्थापनमा चनाखो रहन सबै सरकारी निकायहरुलाई आग्रह गरेको छ। सहजै अनुमान गर्न नसकिने गरी ठूला र साना अक्षर, अंक तथा विशेष चिन्हहरुको संयोजन भएको कम्तीमा आठ क्यारेक्टरको पासवर्ड राख्न आग्रह गरेको छ।

केन्द्रले सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्कको सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

आफ्नो निकायमा प्रयोग भइरहेका साइबर सुरक्षाका उपकरणहरू उचित कन्फीग्रेसन र सेक्युरिटी हार्डन गरी मात्रै प्रयोग गर्न पनि भनेको छ ।

यस्तै प्रणालीहरूको कम्तीमा पनि वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने र त्यसको अडिट लग रहने व्यवस्था मिलाउन पनि भनेको छ ।

यस्तो छ केन्द्रले जारी गरेको सुरक्षा एड्भाइजरी 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट