logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • राम सीताकाे भूमिकामा दीपिका र ऋतिककाे सम्भावना 

    राम सीताकाे भूमिकामा दीपिका र ऋतिककाे सम्भावना 

    5.2K
    Shares

    काठमाडाैं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता ऋतिक रोशन फिल्म ‘रामायण’मा देखिने सम्भावना बढेको छ ।

    मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले राम र दीपिकाले सीताको भूमिकामा निभाउने निर्माण युनिटको दाबी छ । फिल्मको बजेट ३ सय करोड रहने बताइएको छ ।

    नितेश तिवारीले फिल्मको निर्देशन गर्दैछन् । यसअघि उनले ‘दंगल’ र ‘छिछोरे’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

    यसभन्दा अघि पनि ‘रामायण’मा सिरियल र फिल्म बनिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend