काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जनालाई पक्राउ गरेको छ ।
उज्वेकिस्तानका ४ नागरिक सुनसहित पक्राउ परेका छन् । गएराति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुष पक्राउ परेका हुन् ।
उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको हो ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस