२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य बिमाको भुक्तानी गर्न अर्थ मन्त्रालयले दियो ४ अर्ब

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् ।

जसमा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सो रकम निकासा गरेको अर्थले जनाएको छ । उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।

सरकारले रकम भुक्तानी नगर्दा अहिले बिमाको दायित्व बढ्दै गएको छ । बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई अहिले १५ अर्ब तिर्न बाँकी छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बजेटको अभावसँगै मूल्यांकन समेत समयमै गर्न नसक्दा स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिन नसकिएको बताएका छन् ।

बोर्डकाअनुसार २०७२ चैतमा शुरू भएको स्वास्थ्य बिमा अहिले ७७ जिल्लामै पुगिसकेको छ । देशभरका ८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमामा ४८ निजीसहित ४ सय ८४ स्वास्थ्य संस्थाहरूले विमितलाई सेवा प्रदान गरिरहेको छ ।

यो पनि :

८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ